२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

नमोबुद्धमा १४ सय ६८ जना लाई बुष्टर खोप


११२०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २९, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा १४ सय ६८ जनाले कोरोना विरुद्धको बुष्टर मात्रा खोप लगाएका छन् । सोमबार र मंगलबार नगरपालिकाका सबै स्वास्थ्य संस्थामा लगाएको खोपमा ४ सय ५६ जनाले पहिलो बुष्टर र १ हजार १२ जनाले दोस्रो बुष्टर मात्राको खोप लगाएको नमोबुद्ध नगरपालिकाको शाखा प्रमुख नवराज दाहालले जानकारी दिए ।

    यसअघि जोन्सन एण्ड जोन्सन खोपको पहिलो मात्रा र अन्य खोपको दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका ५५ बर्ष वा सो भन्दा माथिको उमेर समूहका मानिसहरुलाई उक्त खोप लगाइएको थियो । नगरमा उपलव्ध १८ सय मात्रा खोप मध्ये बाँकी खोप पुन: लगाइने उनले जानकारी दिए । पछिल्लो समय कोरोनाको नयाँ भेरिन्ट पत्ता लागेसंगै कोरोना संक्रमण पनि पुन देखा पर्न थालेको छ । संघीय सरकारले पहिलो मात्रा बुष्टर खोप लगाएको ६ महिना पुरा भएकाहरुलाई पनि दोस्रो मात्रा खोप लगाउन भनेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार