काभ्रेपलाञ्चोक । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन अन्तरगत जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यले जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन् । यस्तै जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाए । उनी भने ४३ मतका साथ विजयी भएका हुन् ।
कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो । जसमध्ये वैद्यले बाजी मारे । वैद्य नेपाली कांग्रेस निकट व्यवसायी मानिन्छन् । उनी बागमती प्रदेशबाट समानुपातिक सूचीमा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस