काभ्रेपलाञ्चोक । हिन्दुहरूले मनाउँदै आएको संकृति —जन्मदिने आमालाई सम्मान स्वरुप आमालाई बिभिन्न मिष्ठान्न परिकारहरू‚ लत्ता कपडाहरू सहित भेटघाट गरी आशीर्वाद लिने दिनको रुपमा मनाउँदै आएको आमाको मुख हेर्ने दिन ( मातातीर्थ औँशी ) को दिन भोलि काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आमा नहुनेहरूले सम्झना स्वरुप माता तीर्थमा गई श्राद्ध गर्दा पितृ मोक्ष साथै पितृ ऋण बाट पार हुने जनविश्वास रहेको छ । सोही अनुसार आमाको मुख हेर्ने दिनको महत्वलाई थप उचाइमा पुर्याउने उद्देश्यले बिदा दिने निर्णय भएको जानकारी प्राप्त भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरका सम्पूर्ण कार्यालयहरू भोलि ( विहीबार ) सार्वजनिक बिदा दिने कार्यपालिका बैठक बाट निर्णय भएको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस