२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

स्वर्णिम वाग्ले भारी मतसहित विजयी


११९०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १२, मंगलबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

    वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ३८८ रहेको छ ।

    नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन ।

    मंसिर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । त्यो समयमा कांग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । अहिले रास्वपाका उम्मेदवार वाग्लेले त्यो भन्दा बढी मत पाएका हुन् ।वाग्ले चैत १६ गते मात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार