२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

एमालेले मिसन योङ अभियान सञ्चालन गर्ने


७४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • ३० वैशाख, काठमाडौं । नेकपा एमलेले युवाहरुमा पार्टी कामको विस्तार गर्न मिसन योङ अभियान सञ्चालन गर्ने भएको छ ।

    दुई महिनासम्म देशभर सञ्चालित मिसन ग्रासरुटको अभियानमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको भन्दै एमालेले मिसन योङ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले १४ बुँदे निर्णय गरेको एमालेले विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसमा देशैभरि छोराछोरी नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

    बैठकले जनप्रतिनिधि र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘जनप्रतिनिधिहरु र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरिको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रुपमा क्रियाशील बनाइनेछ’ एमालेको निर्णयमा भनिएको छ ।

    एमालेले केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय पनि गरेको छ । जसमा एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी कार्यविभाजन हुने जनाइएको छ ।

    एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग पार्टी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार