२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता


१६४०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • जेठ १६, काठमाडौँ। टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

    टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराउनुभएको हो।

    सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिनुभएको थियो। राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन्।

    चौधरीलाई तीन वटै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार