काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा जन्मदर्ता अभियान सञ्चालन हुने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले एक सूचना जारी गर्दै सो अभियानकोबारेमा जानकारी दिएका छन् ।
ढकालद्वारा जारी सूचना अनुसार वालमैत्री स्थानीय तह घोषणा तथा प्रोत्साहन कार्यक्रमको लागि गाउँपालिकाका सबै वडाहरुमा यो अभियान सञ्चालन हुने भएको छ । अभियानमा आ–आफ्नो वडा कार्यालयका जनप्रतिनिधि, विद्यालयका प्र.अ., वडा कार्यालयका सचिव तथा स्वास्थ्य कार्यालयका एक जना प्रतिनिधी र स्वयम्सेविकाहरुलाई उपस्थितिका लागि अपिल समेत गरेको छ ।
गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख उद्धव पाण्डेका अनुसार यो अभियान ४ स्थानबाट सञ्चालन हुने छ । पाण्डेले दिएको जानकारी अनुसार वडा नं.१, २ र ३ को लागि असार ३ गते २ नं. वडा कार्यालय चुखामा विहान ११ बजे, वडा नं. ४ र ६ का लागि असार ४ गते ६ नं. वडा कार्यालय, ठूलोपर्सेलका लागि विहान ११ बजे, वडा नं. ८ र ९ का लागि असार ५ गते मेच्छेपौवा स्वास्थ्य ईकाइ, मेच्छेमा विहान ११ बजे र वडा नं. ५ र ७ का लागि असार ६ गते ७ नं. वडा कार्यालय, चापाखोरीमा विहान ११ बजे अभियान सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस