काभ्रेपलाञ्चोक /लवग्रीन नेपालले पाँचखाल नगरपालिकासंगकोे सहकार्यमा सोमबारदेखि बाली उपचार शिविर संचालन गरी कृषकहरुको हितको खातिर आकश्मिक उपचारका लागि सल्लाह सुझाव दिन शुरु गरेको छ ।
सोमबार पाँचखाल नगरपालिकाको परिसरमा संचालन गरिएको शिविरमा ४५ जना किसान आफ्नो बालीमा देखिएका रोग कीराका समस्याहरूको नमुना सहित उपस्थित भएका थिए । उक्त शिविरमा मुख्यरुपमा सेतो लहरबालीमा पाउडरी मिल्ड्यू र पातखाने कीरा, खुर्सानीमा वैलाउने, फेद कुहिने, ढुसीको समस्या, बन्दामा भाईरसको समस्या देखिएको छ । त्यसैगरी मकैमा अमेरिकन फौजी कीराको प्रकोप देखिनुको साथै अन्यबालीमा खबटे र लाहीको समस्या देखिएको थियो ।
उक्त शिविरमा सल्लाह सुझावका लागि लवग्रीन नेपालका कृषि अधिकृत सहति ५ जना प्राविधिक र पाँचखाल नगरपालिकाबाट एक जना अधिकृत स्तरको कर्मचारी गरी ६ जनाको टोली समावेश भएका थिए । त्यसैगरी मंगलबार वडा नं. २ को तीन कुनेमा संचालन गरिएको शिविरमा ३० जना किसानहरुले आवश्यक प्राविधिक सेवा लिएका थिए । किसानहरूलाई केही गम पाशो, विभन्न प्रकारका हानिकारक कीरा आकर्षित गर्ने मोहनी पाशोहरू निःशुल्क वितरण गरिएको थियो । उक्त शिविर आगामी बिहीबार सम्म पाँचखालका बिभिन्न वडाहरुमा संचालन हुने छ ।
बाली उपचार शिबिरले गर्दा खेतिमा लाग्ने बिभिन्न प्रकारका रोग तथा किराको सहज ढंगबाट समाधान हुने भएको छ । कृषकहरुको लागि विगत लामो समयदेखि योगदान पु¥याउँदै आएको लवग्रीन नेपाल निरन्तर रुपमा अगाडि बढ्दै छ ।
प्रतिक्रिया दिनुहोस