२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मागेर ल्याएको स्रोत समेतलाई सेवामा समर्पित — डा.मल्ल‚ पाँचखालमा वृहत स्वास्थ्य शिविर  ( भिडियो सहित )


२३६३५ पाठक संख्या
  • २०८० अषाढ २, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक / गण्डकी बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थी सङ्गठन काठमाडौँका अध्यक्ष डा. दिपक मल्लले भन्नुभयो “हाम्रो सङ्गठनमा आबद्ध भएकाहरूसँग सङ्कलित रकम र विभिन्न संघ संस्थामा सहयोग मागेर ल्याएको रकमलाई सामाजिक सेवामा खर्च गर्छौ ।”

    आज ( शनिबार) पाँचखाल नगरपालिकाको हलमा आयोजित वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजक  गण्डकी बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थी सङ्गठन काठमाडौँका अध्यक्ष डा. मल्लले संगठनको प्रमुख उद्देश्य भनेको हामिले हासिल गरेको शिक्षालाई व्यवहारमा उतार्दै सामाजिक सेवामा जुटेको बताउनु भयो । नैतिक शिक्षा साथै साथिहरु संग पुन मिलनको अवसर समेत हुने भएकोले प्रत्तेक बर्स यस्तै ढङ्गको वृहत शिविर सञ्चालन गर्ने गरेको बताउनु भयो ।

    पाँचखाल र आसपासका वासिन्दालाई सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्ने उद्देस्यले आयोजना गरेको उक्त शिविरमा विभिन्न २२ विधाको रोगहरूको उपचार भएको थियो भने १२ लाख ५० हजारका औषधि उपलब्ध गराएको थियो । १५ जना एम.विवि.एस डाक्टर‚ एम डि.एम.एस‚ डि.एम र पि.एच डि का २१ डाक्टर‚ १२ जना नर्स‚ अन्य ५२ जना स्वास्थ्य कर्मीका साथमा आएका टोलीलाई पाँचखाल नगर स्वास्थ्य शाखाका संयोजक उज्ज्वल अधिकारी र सह संयोजक विष्णु गौतम समेतको नेतृत्वमा २५ स्वास्थ्य कर्मीहरूको सहभागि रहेको थियो । पाँचखाल नगरको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रम व्यवस्थापनको लागि नगरका कर्मचारीहरूले सहज साथै सहयोगी भूमिका निर्वाह गरेको थियो ।

    पाँचखाल र आसपासको स्थानमा हाल सम्म भएको शिविर मध्यकै उत्कृष्ट वृहत शिबिरले गर्दा गुणस्तरीय स्वास्थ्य सेवाको साथै पहिचान नभएका रोगहरूको पहिचान गर्न सहज भएको छ । शिविरको विषयमा नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमसँग सम्पर्क गर्दा नगरवासीको हितको खातिर यस्ता धेरै प्रकारका कार्यक्रमहरू निरन्तर रुपमा गरिने जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार