२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा


७३०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० अषाढ ११, सोमबार मा प्रकाशित १ साल अघि
  • भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०७९/८० को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो । १६ महिना सम्म पाउनुपर्ने खोप सो अवधीमा नपाएको भए २३ महिनासम्ममा पुरा गरिन्छ ।

    सोमबार नगरपालिकामा वडा अध्यक्ष, १४ वटै स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।

    नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भगिरथ अधिकारीका अनुुसार, १४ स्वास्थ्यबाट सो उमेर समुहका ३ सय २३ जनाले खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो । उनका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए ।

    चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार