काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामालाई मातृ शोक परेको छ ।
९४ बषिर्या चन्द्रमाया लामाको आफ्नै निवास नमोबुद्ध नगरपालिका वडा नं ६ टारमा आज मृत्यु भएको हो । मृतक लामाको अन्त्येष्टि भोलि १७ गते दिनको २ बजे सिरान चौरमा गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ ।
२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय कुन्साङ लामा पार्टी भित्रका त्यागी‚ इमानदार र स्वच्छ छविका नेताको रुपमा चर्चित रहेका छन् । दुई कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य र १० औँ‚ ११ औँ र १२ औँ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस दाप्चा काशिखण्ड नगर कार्यसमितिको संयोजकको रुपमा काम गरेका लामा १३ औँ र १४ औँ महाधिवेशनमा समेत नगर सभापतिमा निर्वाचित हुनुभएको थियो । नगरको निर्वाचन २०७४ सालमा प्रत्यासी बनेका लामा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस