२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

निर्वाहमुखी कृषि प्रणालिको अन्त्य गर्छौ — चौलागाई


१०९४७ पाठक संख्या
  • २०८० अषाढ २०, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक ।  जिल्लाको चौंरीदेउराली गाउँपालिकाले किसानहरुलाई कृषि यन्त्रहरु वितगरण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले सो सामाग्री वितरण गरेका हुन् ।

    सो अवसरमा अध्यक्ष चौंलागाईं र उपाध्यक्ष तामाङले ९ वटै वडाका किसानहरुलाई मिनी टिलर ५५ वटा र मकै छोडाउने मेशिन १९ वटा वितरण गरेका छन् ।

    वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौंलागाईंले चौंरीदेउराली गाउँपालिकालाई उत्पादनमा आत्मनिर्भर बनाउन निर्वाहमुखी कृषि प्रणालीलाई अन्त्य गरेर कृषिलाई व्यवसायी करण गर्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताएका छन् । ‘निर्वाहमुखी कृषि प्रणालीलाई हामीले बदल्नु छ । कृषि उत्पादनमा हाम्रो गाउँपालिकालाई आत्मनिर्भर बनाउनु पनि छ ।’ चौंलागाईंले भने, ‘कृषिलाई आधुनिकीकरण, व्यवसायी करण र यान्त्रीकरण गर्न ट्याक्टर र मकै छोडाउने मेशिन वितरण गरिएको हो ।’

    कार्यक्रममा उपाध्यक्ष तामाङले आगामी आर्थिक वर्षमा कृषि र पशु विकास क्षेत्रमा नीतिगत रुपमा विभिन्न कार्यक्रमहरु अघि बढाएको र बजेटको समेत व्यवस्था गरेको बताए । किसान नै असली अन्नदाता भएकोले कृषि श्रमलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिंदै आगामी दिनहरुमा आफू कृषकहरुसँग हुने प्रतिबद्धता जाहेर गरे ।

    कृषि यन्त्र वितरणको लागि यस अघि गाउँपालिकामा रहेका कृषक समूह, सहकारी र फार्महरुलाई निवेदन माग गरिएको कृषि शाखा प्रमुख उर्मिला रोका मगरले जानकारी दिए । वितरण कार्यक्रमले कृषिमा यान्त्रीकरणको लागि कृषकहरुलाई निक्कै ठूलो टेवा पुग्ने प्रमुख मगरले बताए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नं. २ का वडा अध्यक्ष छत्रबहादुर प्रधान, वडा नं. ३ का वडा अध्यक्ष चित्र प्रसाद चौंलागाईं, वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद चौंलागाईं, वडा नं. ५ को वडा अध्यक्ष कृष्णप्रसाद गौतम र वडा नं. ६ का वडा अध्यक्ष किशोर राज गिरी लगायतका सहभागी थियो ।

    Comments

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार