२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

विद्युतिय धरापमा परी काभ्रेलीको मृत्यु


१४७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० अषाढ २४, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । मकैबारीमा बँदेललाई राखिएको विद्युतिय धरापमा परेर काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ स्थित राईडाँडाकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार विद्युतिय धरापमा परेकी थिइन् ।

    करेन्ट लागेर मृत्यु हुनेमा राईडाँडाकी ६५ वर्षी मैना कोइराला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोइरालालाई आफ्नै घरदेखि अन्दाजी १५० मिटर पुर्वमा रहेको मकैबारीमा बदेलको लागि विद्युतिय धराप राखिएको थियो । सो स्थानमा २२० भोल्टको लाईनमा हुक लगाई बारीको बारमा नाङ्गो तार टाँगेर राखेको अवस्थामा सोही तार छुन पुग्दा कोइरालालाई करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    घटनाबारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी खोपासीबाट प्र.स.नि. निल कुमार स्याङ्तानको कमाण्डमा घटनास्थल खटिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार