२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

कामकाज सरुवा फिर्ता गर्ने निर्णय


१०३२३ पाठक संख्या
  • २०८० अषाढ ३१, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं । बागमती प्रदेशले संघीय सरकारलाई चुनौति दिँदै कामकाजमा खटाइएका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाज सरुवाका नाममा सबै प्रदेशमा कर्मचारीलाई आफूखुसी सरुवा गर्दै आएको छ । बागमतीले भने कामकाज सरुवाका कर्मचारीलाई दरवन्दीमै सरुवा गर्ने निर्णय गरेको छ ।

    यसै विषयलाई लिएर प्रदेशमा कामकाजमा सरुवा भएका केही कर्मचारीले संघका विभागीय मन्त्री अमनलाल मोदीलाई भेटेका थिए । भेटमा मोदीले बागमतीले निर्णय गर्दैमा अहिले भइरहेको कामकाज सरुवा दरबन्दीमै पठाइहाल्ने अवस्था नरहेको जवाफ दिएका थिए । मन्त्री मोदीले साउनबाट आफूले दरबन्दी अनुसार नै कमैचारीको सरुवा गर्ने तयारी गरेको बताएका थिए ।

    बागमती प्रदेशका एक कर्मचारीले भने,‘ प्रदेशको निर्णय एउटा छ, संघीय सरकारको अर्को छ । हामीले कस्को निर्देशन मान्ने ? निजामति सेवा ऐन नआउँदा हामी कर्मचारी खटनपटनमा जहिल्यै समस्या देखिन्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु