२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन


१२०९१ पाठक संख्या
  • २०८० अषाढ ३१, आईतबार मा प्रकाशित १ साल अघि
  • दोलखा — दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको छ ।

    गौरीशंकर गाउँपालिका– ६ चंखुका स्थायी बासिन्दा तामाङको ५३ वर्षको उमेरमा आइतबार गंगालाल हृदयरोग केन्द्रमा निधन भएको सोही पालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए ।

    २ दिनअघि पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो ।

    उपचारकै क्रममा मुटुमा समस्या देखिएपछि उनलाई गंगालालमा लगिएको थियो । उनको हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा तामाङ सत्ता गठबन्धनका तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस तर्फबाट निर्वाचित भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार