२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बाल मुटुरोगको लागि काभ्रेमा मुलुककै पहिलो अत्याधुनिक मेसिन 


९१९३७ पाठक संख्या
  • २०८० श्रावण १, सोमबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । विगत ६२ वर्ष अगाडि काभ्रेको बनेपा घोगेचौरमा सञ्चालन भएको शिर मेमोरियल अस्पतालमा बाल उपचारको लागि मुलुककै पहिलो साथै अत्याधुनिक ढङ्गको मेसिन प्रयोगको सुरुवात भएको छ ।

    शिशुहरुको उपचारमा आधुनिकता साथै निखारता ल्याउनको लागि सिंगापुरबाट झिकाइएको उक्त मेसिनको आज एक कार्यक्रमको बिचमा उद्घाटन भएको छ । vivid T8 version R6 मोडेलको उक्त अत्याधुनिक इको मेसिन नेपालमा पहिलो पटक भित्रिएको आयातकर्ता -Sun medical concern pvt ltd ) का रजिना श्रेष्ठले जानकारी गराउनु भयो । श्रेष्ठका अनुसार उक्त इको मेसिनको बजार मूल्य ५५ लाख रहेको छ ।

    शिर मेमोरियल अस्पतालमा बाल उपचार सेवाको लागि थप व्यवस्थित गर्न मेसिन खरिद गरिएको अस्पताल आर्थिक प्रमुख सूर्य प्रभा शाक्यले जानकारी गराउनु भयो । उहाँले थप्नुभयो हाम्रो कर्तव्य सरल ढंगबाट सुलभ आधुनिक सेवा दिने हो । काभ्रे र आसपासका जिल्लाहरूमा बिरामीहरूले गुणस्तरीय आधुनिक सेवाको लागि अन्यत्र धाउनु नपरोस् । त्यसैले गर्दा अत्याधुनिक मेसिन झिकाइयो ।

    विगत १३ वर्षदेखि शिर मेमोरियल अस्पताल बाल सघन उपचार केन्द्रमा कार्यरत बाल रोग विशेषज्ञ डा. अरुण गुप्ताले भारतको मेदान्त अस्पताल बाट Fellowship in pediatric cardiology पेडियाट्रिक कार्डियोलोजी फेलोसिप ) हासिल गरे पश्चात आधुनिक उपचारको लागि उक्त मेसिन आवश्यक रहेको भनी अस्पताल प्रशासनलाई खरिदको लागि सुझाव दिनुभएको थियो । सोहि सुझावको आधारमा अस्पतालले खरिद प्रकृया अगाडि बढाएको जानकारी प्राप्त भएको छ ।

    बाल रोग विशेषज्ञ डा. गुप्ताले बताउनु भयो— शिशुहरू भनेको भविष्यका कर्णाधार हुन ‚ उनीहरूको उपचारमा निखारता ल्याउनु पर्छ । शिशुहरुको मुटुमा समस्या हुँदा सुरुमै त्यस्तो ठुलै असर देखा पर्दैन तर जव असर देखा पर्छ रोग जटिल भैसकेको हुन्छ । सुरुकै अवस्थामा रोगको पहिचान भएमा सामान्य ढङ्गको उपचारले रोग निको हुन्छ भने जटिल अवस्थामा पुगेपछि खर्चालु साथै दीर्घकालिक रुपमा रोग रहिरहन सक्छ । त्यसैले अत्याधुनिक इको मेसिनबाट सामान्य खर्चमा मुटुको एक्से्र गरेर रोगको पहिचान गर्नु हाम्रो कर्तव्य हो । भरखर उम्रिँदै गरेको बिरुवा रूपी शिशुको संरक्षणको लागि अस्पतालले अत्याधुनिक मेसिन खरिद शिर मेमोरियलले सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायर्स र बालरोग विशेषज्ञ डा. गुप्ता समेतले संयुक्त रुपमा रिबन काटी उक्त मेसिनको सुरुवात गरिएको थियो । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर‚ डा.एन्जेला बस्नेत‚ डा.गुप्ता लगायतले अस्पतालमा आधुनिक मेसिनको आवश्यकता र महत्वको बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी अस्पतालका पास्टर एम पुरीले अस्पतालको प्रगतिको कामना साथ अत्याधुनिक मेसिनबाट थप गुणस्तरीय सेवाको लागि प्रार्थना गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ११%१६%३%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार