२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन 


७८५३ पाठक संख्या
  • २०८० श्रावण ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं– आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । 

    संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन । भद्रकालीमा भेला भई न्युरोड,असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् । 

    भ्रष्टाचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धर्मान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक सङ्घर्षमा उत्रिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु