२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

अरनी र विपी राजमार्ग बिस्तार गर्छौ — यातायात मन्त्री


११२८५ पाठक संख्या
  • २०८० श्रावण ६, शनिबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अरनिको राजमार्ग र विपी राजमार्ग विस्तार गर्नको लागि तयारी गरेको बताउनु भयो ।

    आज (शनिबार) काभ्रेको धुलिखेलमा समाजवादी प्रेस संगठन नेपाल काभ्रे शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात मन्त्री ज्वालाले उक्त धारणा राख्नुभएको हो ।

    पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले भन्नुभयो — अरनिको राजमार्ग सूर्यविनायक धुलिखेल खण्ड सडक विस्तार कार्यको सुरुवात भएको छ तर विगतमा जाइकासँगको सहकार्यमा सम्झौता नहुनु र ढुकुटीमा पैसा नहुँदा पनि टेन्डर गर्नु विगतको सरकारको कमजोरी हो । विगत सरकारले ढुकुटीमा पैसा नहुँदापनि टेन्डर गरेपनि हामीले सो सडक विस्तारको लागि हरहालत बजेट व्यवस्थापन गर्ने छौं ।

    सुरक्षित सवारी मापदण्ड बनाउने कार्यमा सरकार अगाडि बढेकोले छिटै सो कार्य सम्पन्न गर्ने बताउनु भयो । सडक सुरक्षा विधेयक अल्झिएको छ ‚ त्यसलाई पूर्ण गर्ने तयारीमा रहेको बताउनु भयो । बिलबुक तथा सवारी चालक अनुमति पत्र नवीकरणको लागि सहज बनाउनको लागि अनलाइनबाटै राजस्व तिर्ने वातावरण निर्माण गर्ने बताउनु भयो ।

    गठबन्धनको सरकार ढल्छ भन्ने अनर्गल हल्ला मच्चाउने गरेको छ तर त्यसमा कुनै सत्यता नभएको बताउनु भयो । यो सरकार मिसनका साथ गठन भएकोले मिसन पुरा नगरेसम्म सरकार ढल्दैन । सरकार दीर्घकालिक ढंगबाट निर्विवादित ढंगबाट अगाडि बढ्छ । यो सरकारको पहिलो मिसन भनेको भ्रष्टलाई कारवाही गर्नु हो त्यो पुरा गर्छौ । भ्रष्टहरूले कारवाही भोग्नु पर्ला भन्ने डरले सरकार ढाल्ने सड्यन्त्र गरेको हुन सक्छ तर त्यस्ता षडयन्त्रले कतै केही नहुने मन्त्री ज्वालाले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु