२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

लम्पी रोगले बस्तु मरेमा बिमाको ग्यारेन्टी गर्छु —गौतम


४८४६५ पाठक संख्या
  • २०८० श्रावण ६, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समितिका संयोजक दीपक कुमार गौतमले लम्पी रोगका कारण मरेका गाई भैँसीको बिमाको रकम उपलब्ध गराउने ग्यारेन्टी गर्नुभयो ।
    लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको अवस्थामा बिमा कम्पनीले रकम भुक्तानी नदिने भन्ने भनाइको विषयमा समन्वय संयोजक दीपक गौतमसँग सम्पर्क गर्दा बिमाको रकम उपलब्ध गराउने ग्यारेन्टी गर्नुभयो ।

    संयोजक गौतमले भन्नुभयो — कृषि प्रधान देशका कृषकहरूको हितको लागि निरन्तर आफू अगाडि बढ्ने बताउनु भयो । गाई भैंसी पालेर दूध बेचेकै भरमा चुलो बाल्नु पर्ने बाध्यता रहेका कृषकहरूको चुलो निभ्न दिन्न । रोग लाग्नु भन्दा अगाडि बाटै बिमा गरेको छ ‚ समयमा नवीकरण भएको छ भने बिमाको रकम कुनै हालतमा लिएरै छाड्छु ।

    महामारीको समयमा बिमाको रकम दिन नसकिने भन्ने भनाई लाई लिएर कृषकहरू आत्तिनु पर्दैन कृषकको पक्षमा लड्ने काम म गर्दछु गौतमले भन्नुभयो । तुरुन्तै रकम नआउन सक्छ तर केही ढिलो भएपनि लिएरै छाड्छु । तर बिमा नगरेको अस्तुहरू मर्यो भने रकम माग्ने आधार नहुने बताउनु भयो ।

    नेपालमा लम्पी स्किन रोग (गाई भैंसीमा लाग्ने रोग ) को प्रकोप ३५ जिल्लामा फैलिएको छ । जसका कारण कृषकहरु चिन्तित बनेका छन् । रोगका कारण कतीपय ठाउँमा कृषकको गोठ नै रित्तिएको छ । यो रोग अहिले महामारी बनेर सातै प्रदेशमा पुगिसकेको छ ।

    यो रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो । केही समयसम्म त्यो अफ्रिकामा सीमित रहे पनि बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो । सन् २०१९ को जुलाईमा पहिलो पटक बङ्गलादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो ।

    नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो । २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो ।

    त्यसपछि २०७९/०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । सुरुमा तराई र मध्य पहाडका जिल्लामा सङ्क्रमण देखिएको थियो भने अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगेको देखिन्छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%२%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार