२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

राम्रो काम गर्ने संस्थालाई नमन गर्छु —गौतम (भिडियो सहित)


१४७१७ पाठक संख्या
  • २०८० श्रावण ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेका संयोजक दीपक कुमार गौतमले ढुङ्गाको मन्दिरमा मात्रै पुजा गरेर पुग्दैन‚ वास्तवमै परत्रको लागि धर्म कमाउने हो भने मानवीय सेवामा अनवरत ढंगबाट लाग्ने संस्थालाई साथ दिनु साथै नमन गर्न जरुरी रहेको बताउनु भयो ।

    उक्त भनाई आज (बिहिवार) जिल्ला समन्वय समितिको सभाहल काभ्रेमा सम्पन्न भएको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक समापनको क्रममा समन्वय संयोजक गौतमले बताउनु भएको हो ।

    कार्यक्रममा समन्वय संयोजक गौतमले थप्नुभयो स्वास्थ्यको क्षेत्रमा काभ्रे जिल्ला अव्बल सावित भएको छ । जिल्लामा रहेका बिभिन्न अस्पतालहरूले नयाँ जीवन दिन ठुलो भूमिका खेल्दै अव्बल सावित भएका छन् । मैले असम्भव देखेको कुरा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (जनागाल) सम्भव सावित गराएको छ । सो अस्पतालमा सर्वसाधारण जनताले असम्भव देखेको कुराहरू सम्भव गराउर्दै पुन जीवन दिन सफल भएको बताउनु भयो । पुन जीवन दिनाको साथै शिक्षा समेत दिएर पठाउने गरेको छ । अस्पतालको अव्बल कार्य देख्दा शब्दकोमा प्रशंसा गर्ने शब्दको अभाव भएको बताउनु भयो ।

    जिल्लामा रहेको १३ वटै पालिकाहरूसँग समन्वय गरेर अपाङ्गता भएकाहरूको पहिचान गरी उपचार गर्ने विषयमा सबै एक जुट हुन आवश्यक रहेको संयोजक गौतमले बताउनु भयो । स्थानीय तहहरूले अपाङ्ग बाल अस्पतालसँग समन्वय गरेर काभ्रे जिल्लामा अपाङ्गता छैन भन्ने सन्देश दिदै शून्यमा झार्नको लागि एक जुट हुन जरुरी रहेको बताउनु भयो ।

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य ‚ रोसी गाउँपालिका अध्यक्ष दिनेश लामा ‚ प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल ‚ पाँचखाल नगर उपप्रमुख सूर्य माया दनुवार मन्तव्य राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार