२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री


१०६६१ पाठक संख्या
  • २०८० श्रावण २१, आईतबार मा प्रकाशित १ साल अघि
  • धुलिखेल / धुलिखेल–१ स्थित देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर ५ वटा, पल्स अक्सिमिटर ५ वटा, ५ थान थर्ममिटर, सिटामोल २ हजार चक्की, आइरन चक्की १० हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स ४ हजार थान, नाभी मलम १ हजार थान वडा अध्यक्ष सन्तबहादुर तामाङको उपस्थितीमा स्वास्थ्य चौकी प्रमुख झलक दर्लामीलाई हस्तान्तरण गरिएको हो ।
    स्वास्थ्य सामाग्रीको लागि समाजसेवी रघुनाथ धिताल, अनुप लामिछाने, सजय तामाङ लगायतले समन्वय गर्नुभएको थियो । नगर उप्रमुख निराजन जंगमले समन्वय गर्ने र सहयोग प्रदान गर्ने सबैमा आभार प्रकट गर्नुभयो । हस्तान्तरण कार्यक्रममा वडा सदस्य चन्द्रमाया तामाङ, दिपक घोरसाइने लगायत स्थानीयको सहभागिता थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार