२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पाँचखालमा राजमार्गको २५ मिटर भित्र संरचना बनाउन रोक


२६८८५ पाठक संख्या
  • २०८० श्रावण २२, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल पाँचखाल नगरपालिकाले नगरक्षेत्र भित्र रहेको अरनिको राजमार्गको दायाँ २५ मिटर बायाँ २५ मिटर सडक सिमा भित्र कुनैपनि संरचना नबनाउने नगरवासीहरूमा सूचना जारी गरेको छ ।
    आज (सोमबार) नगरपालिकाले सूचना जारी गर्दै अरनिको राजमार्ग सडक सिमा भित्र कुनैपनि संरचना बनाउन नपाउने सूचना जारी गरेको हो ।

    जारी सूचनामा उल्लेख गरिएको छ — पाँचखाल नगरपालिका क्षेत्र भित्र पर्ने अरनिको राजमार्गको Right of way दायाँ २५ र बायाँ २५ मिटर कायम रहेको हुदा कायम मापदण्ड भित्र पर्ने गरी कोही कसैले कुनै प्रकारको संरचना निर्माण नगर्न अनुरोध गरिएको छ ।
    नगरपालिकाको पूर्व स्वीकृति नलिई Right of way को  क्षेत्रभित्र कुनै संरचना निर्माण गरेमा नियम अनुसारको कारवाहीको लागि सम्बन्धित स्वयंमै भागिदार हुने उल्लेख गरिएको छ । विगतमा राजमार्ग बाट दायाँ बायाँ १५/१५ मिटर छाडेर अस्थाई संरचनाहरू निर्माण भएपनि सूचना जारी भएको मितिबाट सो ढङ्गको संरचनाहरू समेत निर्माण गर्न नपाइने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १०%१%९%१%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार