२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

जापान सरकार द्वारा वसन्त इम्पोरियल डेकोरेसन पदक बाट नेपाली विभूषित


१४७१७ पाठक संख्या
  • २०८० श्रावण २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । ३२ वर्ष अगाडिबाट सामाजिक हितको खातिर निरन्तर रुपमा कार्य गर्दै आउन सफल लवग्रीन नेपालका अध्यक्ष अमिरा दली जापान सरकारले सन् २०२३ को वसन्त इम्पोरियल डेकोरेसन पदक बाट विभूषित हुनु भएको छ ।

    जापान सरकारले यो सम्मान राजनीति र कूटनीति‚ अनुसन्धान र शिक्षा‚ चिकित्सा र समाज कल्याण‚ अर्थतन्त्र र उद्योग तथा संस्कृति र खेलकुदका क्षेत्रमा साथै नेपाल र जापान बीच मैत्रिपूर्ण सम्बन्ध बिस्तार तथा नेपाल एओटिस एल्मुनाई सोसाइटी र लव ग्रीन नेपाल माफर्त विविध क्षत्रमा योगदान पुर्‍याय बापत जापान सरकारबाट सम्मान गरेको हो ।

    गत अप्रिल महिनामा घोषणा भएको उक्त पदक नेपालका लागि जापानी राजदूत महामहिम किकुता युताकाले एक समारोह बीच हस्तान्तरण गर्नु भयो । सो अवसरमा दलीले जापान र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारमा ठुलो भूमिका खेलेको बताउनु भयो । महामहिम राजदूतले अध्यक्ष दलीको सक्रियतामा दुवै देशको दौत्य सम्बन्धलाई उजागर र विस्तार गर्न दुवै देशका जनतालाई बुझाई द्विप पक्षीय सहयोगको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले नै जापान सरकारले यो विभूषणबाट सम्मान गरेको बताउनु भयो ।

    लामो समय सम्म जापानमा बसि उच्च शिक्षा अध्ययन गरी नेपालमा फर्किएकी दलीले जापानमा पढी नेपाल फर्केका व्यक्तित्वहरू समावेश गरी नेपाल ए.ओ.टी.एस. एलुम्नाई सोसाइटी नामक संस्था स्थापना गरी सो संस्था माफर्त विभिन्न औँद्योगिक क्षेत्रका मध्यम तथा उच्च पदस्थ कर्मचारी र व्यवस्थाका हरूलाई विभिन्न तालिममा जापान पठाई जापानी प्रविधि भित्र्याउने कार्य गर्न सफल हुनुभएको थियो । त्यसै गरी उहाँले लव ग्रीन नेपाल नामक गैर सरकारी संस्थाको स्थापना गरी काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्लामा ग्रामीण विकासका कार्यहरूमा स्वयंसेवकको रुपमा कार्यरत छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार