२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

लम्पी स्किन रोग विरुद्ध निःशुल्क खोप सप्ताह शुरु


१५९९१ पाठक संख्या
  • २०८० श्रावण २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह शुरु गरेको छ ।

    नगरपालिकाले आजबाट १२ वटै वडामा सप्ताह ब्यापी निःशुल्क खोप अभियान सञ्चालनमा ल्याएको हो । खोप सप्ताहका लागि १० जना पशु सेवा प्राविधिक परिचालित छन् ।लवडा नम्बर ३ र ४ तथा ७ र ८ हेर्न गरी एक/एक जना प्राविधिक खटाइएको छ भने बाँकी प्रत्येक वडामा एक÷एक जना प्राविधिक खटाइएको पशुपंक्षी शाखा प्रमुख ध्रुव प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    नगरप्रमुख टोक बहादुर वाईबाले वडाका जनप्रतिनिधी, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र तथा टोल विकास संस्थाका पदाधिकारीहरुलाई आ–आफ्नो टोल बस्तिमा खोप लगाउन आएका भ्याक्सिनेटरहरुलाई खोप लगाउने कार्यमा सहजिकरण तथा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

    नगरपालिकामा पछिल्लो समय गाई भन्दा भैंसी लम्पी स्किन रोगको संक्रमणबाट प्रभावित हुन थालेको बताइएको छ । नगरपालिकाले लम्पी स्किन रोग देखा परेदेखि नै निःशुल्क खोप लगाउँदै आइरहेको छ ।

    नगरपालिकाले यसअघि ६ हजार ४५७ वटा गाई र १५० वटा भैंसी गरी जम्मा ६ हजार ६०७ वटामा लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क लगाइसकेको छ । नगरपालिकाको सबैभन्दा बढी प्रभावित वडा नम्बर १ हो । यस वडामा २५७ गाई र एक वटा भैंसी गरी २५८ वटा प्रभावित भएका थिए । जसमा ३५ वटा गाई मरेका छन् ।

    नगरपालिकामा हालसम्म ७८ वटा गाईको लम्पी स्किन रोगका कारण मृत्यु भैसकेको पशुपंक्षी शाखा प्रमुख पराजुलीले बताउनुभयो । नगरपालिकाले बैशाख ३१ गतेदेखि निःशुल्क खोप लगाइरहेको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार