काभ्रेपलाञ्चोक । मोटरसाईकल चोरेको अभियोगमा बनेपा प्रहरीले दुई काभ्रेलीलाई पक्राउगरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।
साउन २७ गते रातिको समयमा इलाका प्रहरी कार्यालय बनेपा लाई प्राप्त बिशेष सुचनाको आधारमा कार्यालयबाट रातको समयमा खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्दा अभियुक्तहरु पक्राउ परेका हुन् ।
बागमती प्रदेश–०२–०३४ प. ४१६१ नं. को २२० सि.सि.को कालो रातो रंगको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा सवारीको कागजातहरु साथमा नभएकोले चालक का.प.जि. रोशी गा.पा. वडा नं.१० बस्ने राजेश ठकुरी र मोटरसाईकल पछाडी बस्ने रोशी गा.पा. वडा नं.१० का कृष्ण शाहीलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
प्रहरीले नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा निजहरुले उक्त मोटरसाईकल भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं.२ बालकोट बाट चोरी गरी ल्याएको वताएका थिए । निजहरुको बयानको आधारमा थप कारवाहीको लागि मोटरसाईकल सहित आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस