२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

हुमागाईले काटे आफ्नै लिंग


१२९४९ पाठक संख्या
  • २०८० श्रावण ३२, बिहिबार मा प्रकाशित १ साल अघि
  • हेटौँडा– मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।

    हेटौँडा उपमहानगरपालिका–१०, बसपार्क स्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ बर्षिय नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।

    मकवानपुर गढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति १२ बजे चितवन रिफर गरिदिएको छ ।

    प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार