२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बनेपा फुटवल एकेडेमीले थाल्यो काम, ६० जनानियमित प्रशिक्षणमा


१०७९१ पाठक संख्या
  • २०८० भाद्र १०, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक/काभ्रेबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यलिएर बनेपामा स्थापनाभएको बनेपा फुटबल एकेडेमीमा ६० जनाले नियमित प्रशिक्षण थालेका छन् । शनिबार भएको बृहत छलफल तथा अन्तरकृयामा एकेडेमीले काम सुरु गरेको जानकारी आयोजकले दिएको छ ।

    फुटबल एकेडेमी स्थापनापछि काभ्रे जिल्लामा रहेका खेलप्रेमी र पत्रकारलाई एकेडेमी स्थापनाको उदेश्यको बारेमा जानकारी दिन सदस्य भेलाकार्यक्रमआयोजना गरेको हो । बनेपानगरपालिका बडा नं ५ का अध्यक्ष बलरामअधिकारीले एकेडेमी स्थापना र संचालनकालागिआफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    एकेडेमीकाअध्यक्षनिरोज शाक्यले एकेडेमीले गर्ने गतिििवधकाबारेमा बारेमा जानकारी दिनुभएको थियो । बर्षाैदेखि काभ्रे जिल्लाको फुटबल क्षेत्रको विकासकालागिक्रियाशिल रहेको बनेपा फुटवल क्लब र माउन्ट एभरेष्ट क्लबमिलेर बनेपा सहितकाभ्रे जिल्लाका खेलाडीलाई प्रशिक्षण सुरुवात गरेको उहाँले उल्लेख गर्नुभयो ।

    काभ्रे जिल्ला फुटवल संघको सहकार्यमा स्थापनाभएको क्लवले निरन्तर रुपमा खेलाडीलाई प्रशिक्षण सुरु गरिसकेको छ । एकेडेमीले जुनसुकै उमेर समुहकाफुटवल खेलाडीलाई न्यूनतमशूल्कमा प्रशिक्षण लिनलागेको हो । हाल १२ जनामहिला सहित ६० जनाल सो केन्द्रबाट नियमित प्रशिक्षण लिइरहेका छन् ।

    आर्थिक अवस्थाकमजोर भएकाविद्यार्थीलाई अध्यापनपनि गराउने लक्ष्य एकेडेमीले लिएको उपाध्यक्षमनिषभोछिभोयाले जानकारी दिनुभयो । यो कार्यले काभ्रे जिल्लामामात्रै नभएर राष्ट्रकै लागिकेही टेवापुगोस् भन्ने लक्ष्यलिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार