२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

हत्याको अभियोगमा उप्रेतीलाई काभ्रे प्रहरीले झ्याप


१५५२३ पाठक संख्या
  • २०८० भाद्र १५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउंपालिका वडा नं २ ढोलखोला हत्या गरी फालिएको अवस्थामा लास भेटिएपछि बनेपा प्रहरीको नेतृतवमा छानविन गर्दा उपे्रती पक्राउ परेका छन् ।

    प्रहरीले अनुसन्धान गर्दा दोलखा जील्ला मेलुङ गा पा १ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २८ को निर्मल बुढाथोकीको लास भएको प्रहरीले पुष्टि गरी थप अनुसन्धान गर्दा घटनामा संलग्न आशंकामा अभियुक्त जिल्ला दोलखा सैलुङ गाउँपालिका वडा नं ८ घर भएका २६ बर्षिय सुजन उप्रेतीलाई इलाका प्रहरी कार्यालय बनेपा बाट खटिएको प्रहरी टोलीले प्रहरी वृत लैनचौरको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले प्रारम्भिक सोधपुछको क्रममा निजहरु लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएको र बेथानचोक स्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएको थियो । सोही आधारमा खानतलासी गर्दा निजको घर कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्ट सहित प्रतिवन्धित लागूऔषध गाजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेको थियो । निज घरधनी तिर्थराज तिमल्सिनालाई समेत उक्त पदार्थ सहित नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाहि प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु