२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

पर्यटन यातायात व्याबसायी सघको अध्यक्षमा सापकोटाको उम्मेदवारी


१२३२५ पाठक संख्या
  • २०८० भाद्र १८, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाल पर्यटन यातायात व्याबसायी सघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटा को नेतृत्वमा विधिवत् उम्मेदवारी दर्ता भएको छ ।

    पर्यटन यातायात व्याबसायमा सानै उमेरदेखि रुची पुर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्द टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा लि का प्रबन्ध निर्देशक छन । आगामी भदौ १९ गते हुने निर्वाचनको लागि सापकोटाको नेतृत्वको प्यानलवाट वरिस्ठ उपाध्यक्ष भरत प्रसाद तिमल्सिना, उपाध्यक्ष अन्जन महर्जन, महासचिव अनिल मोक्तान, सचिव प्रमोद प्रसाद अर्याल, कोसाध्यक्ष रामकुमार बस्नेत र सदस्यहरुमा क्रमशः वाजिराम घिमिरे, इन्द्र बहादुर पाठक , सुदिन महतको उमेदवारी दर्ता गरिएको छ । निर्वाचन भएपछि सघको साधारण सभा भाद्र २२ मा हुने बताइएको छ ।

    अध्यक्ष पदमा तपाइको उमेदवारी किन भन्ने प्रश्नमा सापकोटाले व्यबसायलाई थप मर्यादित र सेवालाई प्रभावकारी बनाउन तथा व्यबसायीको हक हितमा समर्पित भएर लाग्ने उदेश्यले आफुले उमेदवारी दिएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु