२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

ज्ञानकुञ्जले गर्यो भव्य स्वागत


७६७१ पाठक संख्या
  • २०८० भाद्र १८, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि ” भन्ने मूल नाराका साथ नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

    सोही अवसरमा कक्षा १२ र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको थियो । विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अतिआवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको थियो ।

    यस्ता प्रकारका कार्यक्रमहरु बाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको छ । विद्यालय स्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक देखिन्छ । यस्ता प्रकारका कार्यक्रमहरु बाट विद्यार्थीहरुमा नेतृत्व गर्ने कलामा निखारता आएको देखिन्छ ।

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सञ्चालकएवमं प्रबन्धनिर्देशक प्रताप वैद्यले गर्नुभएको थियो । अपौचारिक पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्धनिर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्मा राम थापा द्वरा विद्यार्थीहरुलाई टिका र खादा लगाई दिनुभएको थियो । काभ्रे जिल्लामा फरक ढंगबाट स्वागत कार्यक्रमको आयोजनाले थप विद्यार्थिहरुमा मनोवल बृद्धि भएको थियो ।

    प्रतिष्ठानका प्रबन्धनिर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आउनुभएका नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत तथा कक्षा १२ र एस.ई.ई परीक्षा उत्तिर्ण विद्यार्थीहरुलाई बिदाईका साथै, उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बताउनु भयो । विद्यार्थीहरुलाई स्वागत साथै सुनौलो भविष्यको कामना सहित सधै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्तीका लागि यस संस्थाबाट हर हमेसा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको समापन, विद्यालयका सहायक प्रिन्सिपलले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्ज बाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु