२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बाँकेमा विष्फोट,सडक किनारमा ठूलो खाल्डो


६३९७ पाठक संख्या
  • २०८० भाद्र ३१, आईतबार मा प्रकाशित १ साल अघि
  • ३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ ।

    उक्त विष्फोटक पदार्थ द्वन्द्कालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।

    आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्कालमा छाडिएको माइन विष्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

    विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

    विष्फोटबाट मानवीय क्षति भएको छैन । तर सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सन्चालन भएका थिए । पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सन्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार