२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

महिलालाई हम्मर प्रहार गर्ने काभ्रेली लनमले विषादीको कारण मृत्यु


१००६३ पाठक संख्या
  • २०८० आश्विन ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । घरेलु हतियार प्रहार गरी एक महिलालाई घाइते बनाउने व्यक्तिले बीस सेवान गरेपछि उपचारको लागि अस्पताल लैजादै गर्नेक्रममा मृत्यु भएको छ ।

    महाभारत गाउँपालिका– ५, डोटे भोर्लेनी घर भएकी ४२ वर्षीया पदममाया लुगेंलीलाई सोही स्थानका ५५ बर्षीय लनाम सिं बोम्जनले बुधबार घरेलु हतियार हम्बर टाउकोमा प्रहार गरेर घाईते बनाएको महाभारत गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विजय रानाले बताए ।

    महिलामाथि आक्रमण गर्ने लानम सिं आक्रमण पछि बेपत्त भएको थियो । प्रहरी र स्थानीयहरुले खोजी गर्दा लनाम आज बिहान घर नजिकैको मकै बारीमा बिष सेवन गरि अचेत अवस्थामा भेटेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा लनामको मृत्यु भएको छ ।

    घाईते पदममायालाई उपचारका लागि जिल्ला अस्पताल धुलिखेलमा लगिएकोमा सो अस्पतालमा उपचार हुन नसेकेपछि थप उपचारको लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । पदममायाको उपचार भइरहेको र स्वास्थ्य सुधार उन्मुख रहेको छ ।

    पदममाया निवर्तमान महिला वडा सदस्य हुन् । पदममाया माइतीबाट घर फर्कीने क्रममा बाटोमा आक्रमण गरेको थियो । पदममाया र लनामको घर करिब १० मिनेटको फरक रहेको छ । पहिला कुनै विवादको कारणले आक्रमण भएको वा के कारण घटना भयो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु