२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

केही सहकारी नीति र विधिमा नचल्दा समस्या आएको हो —शर्मा,  प्रतिष्ठाको नेतृत्वमा पुन ज्ञानबहादुर


१७१०९ पाठक संख्या
  • २०८० आश्विन ७, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । छिटपुट रुपमा केही सहकारीहरुमा समस्या आएको छ ‚ जुन समस्या समाधानको लागि हामिले पहल गरिरहेका छौं । सोही क्रममा स्थानीय तहको प्रमुखहरूसँग बसेर निचोड निकाल्ने प्रयास गर्दै छौं तर सो कार्यमा बनेपा नगरपालिका बाहेक अरुले छलफलको लागि समय उपलब्ध गराउनु हुन्न ।

    उक्त भनाई जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले शनिबार पाँचखालमा प्रतिष्ठा कृषि सहकारी संस्थाको वाषिर्क साधारण सभाको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले भन्नुभयो “ धारेहात लगाउनेहरू अगाडि सतिसालको रुपमा खम्बा बनेर उभिएको प्रतिष्ठा कृषि सहकारी संस्थाले सामाजिक उत्तर दायित्व अन्तरगत सारै राम्रो काम गरेकोमा सञ्चालक समिति एवं कर्मचारी तथा शेयर सदस्यहरूमा आभार व्यक्त गर्दछु ।” वास्तवमा सहकारी —आलिमा लागि गर्नोस् थालिमा आउँछ भने जस्तै हो । उपस्थितिसहितको अनुहार पड्दै गर्दा वास्तवमा प्रतिष्ठा कृषि सहकारीले कृषकको हितको खातिर कार्य गरेको पाय ।

    सहकारी संस्थाहरू नासियो‚ सकियौ भन्ने हल्ला पिटाउँदै गर्दा हामिले त्यसको बारेमा अभियान चलायौ । अभियानको क्रममा २२ वटा सहकारीमा समस्या आएको पायौँ ‚ प्रतिशतको हिसाबले हेर्दा १ दशमलव ७५ प्रतिशतमा समस्या आएको रहेछ । सहकारी संस्थाहरू खोलेर कम्पनीको हिसाबले आफ्ना परिवारका सदस्यहरूलाई आफन्तहरूलाई लगानी गर्ने साथै शेयर सदस्यहरूबाट उठाएका रकम जग्गा कारोबारमा लगानी गरेकोले ती सहकारीहरूमाथि समस्या आएको हो । प्रतिशतको आधारमा थोरै हो तर पनि समस्याको विषयले निकै चर्चा पायो । तर केही सहकारी नीति र विधिमा नचलेर समस्यामा पर्दै गर्दा सबै सहकारी खतमै भए भन्न नमिल्ने प्रमुख अतिथि शर्माले बताउनु भयो ।

    संस्थाको अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ ‚ स्वेच्छा सहकारी संस्थाका अध्यक्ष ओंकार श्रेष्ठ ‚ प्रगतिशील सहकारी संस्थाका उपाध्यक्ष सरोज न्यौपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका व्यवस्थापक सुमन बानियाँले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष श्याम बहादुर दुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाको सचिव सरस्वती दाहल अधिकारीले स्वागत गान प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाको १२ औं साधारण सभाबाट सहमतिको आधारमा निर्विरोध कार्यसमितिको चयन भएको छ । जसमा अध्यक्ष ज्ञान बहादुर थापा ‚ उपाध्यक्ष श्याम बहादुर दुलाल ‚ सचिव प्रदिप पौडेल ‚ कोषाध्यक्ष सिताराम अधिकारी रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा जयराम दनुवार ‚ शर्मिला दनुवार ‚ अनिता दनुवार ‚ सरस्वती दाहाल अधिकारी‚ रवि दनुवार ‚ दलबहादुर श्रेष्ठ र सुदर्शन अधिकारी रहनु भएको छ । त्यसैगरी लेखा समिति संयोजक अमृत दुलाल सदस्यहरूमा चन्द्र बहादुर दनुवार र रण बहादुर खड्का रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार