२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सामाजिक कार्यमा मैनालीको अग्रसरता


१६४०७ पाठक संख्या
  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । पछिल्लो समयमा आएर समाजमा रहेका सामान्य कामको लागि समेत स्थानीय तहको आस राख्ने चलको विकासले गर्दा समाज जटिलता तफर् धकेलिन थालेको छ । विगत तीन दशक अगाडि सम्म स्थानियको सहभागितामा वर्षमा दुई पटक निस्वार्थ ढंगबाट अभियानको रुपमा सामाजिक कार्यमा जुट्रे गरेको इतिहास कायमै छ । गोरेटो ‚ घोरेटो बाटोहरू ‚ पुल पुलेसा ‚ सिन्चाइ कुलो ‚ पिउने पानिको मुहान ‚ मठमन्दिर ‚ पानीघाट ‚ धारा पँधेरा ‚ विद्यालय लगायत स्थानीय कार्यमा जुट्ने गरेको पाईन्थ्यो ।

    राजनीतिक परिवर्तनको क्रमसँगै सामाजिक कार्यहरू ओझेलमा पर्न थाल्यो ‚ विगतमा स्थानीयले बाजा गाजाका साथमा ढोल पिटेर श्रमदान गर्दै सामाजिक हितको कार्यमा जुट्थे तर हाल आएर स्थानीय तहबाट बजेट विनियोजन गराएर सो बजेटमा चुहावट गर्दै सामाजिक सेवा गरेको स्वाङ पार्दै अगाडि बढ्छ उपभोक्ता समिति । उपभोक्ता समिति वास्तवमै जुन विकास निर्माणको कार्यको लागि बजेट विनियोजन गरियो सो विकासबाट प्रत्यक्ष सेवा लिने मध्यबाट आयोजना गरिएको भेलाबाट निष्पक्ष व्यक्तिको छनोट हुनु पर्ने हो । तर राजनीतिक शक्तिको आडमा कागजी भेलाको आधारमा उपभोक्ताहरूलाई जानकारी विना समिति निर्माणको अभियानले विनियोजित बजेट चुहावटमा सहज हुने गरेको छ ।

    सामाजिक विकृतिका कारण समाजको सामान्य काममा समेत स्थानीय तहको बजेट ताक्ने र सोही बजेट दुरुपयोग गर्ने हालको परम्परालाई चुनौति दिदै आफ्नो काम आफैले गर्नु पर्छ भन्ने पाठ सिकाउन अगि बढेका छन् तेमाल गाउँपालिका निवासी प्रदिप मैनाली । सामाजिक सेवामा रुचि राख्ने सोच भएका मैनाली दीप मण्डला युवा क्लबका सचिव ‚ राष्ट्रिय स्वतन्त्र पार्टी तेमाल गाउँपालिका सचिव तथा मैनाली समाज नेपाल काभ्रेपलान्चोकका सचिवको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँले तेमाल गाउँपालिका वडा नम्बर ७ को जदैऊमा रहेको खानेपानीको मुहान तथा धारो सफाइ गर्दै आफ्नो काम आफैले गर्नुपर्छ भन्ने पाठ सिकाउदै हुनुहुन्छ ।

    पछिल्लो समयमा युवाहरूले गाउँ बस्ने कार्यमा रुचि राख्न छाडेपछि समाजमा सानो भन्दा सानो कार्य समेत हुन नसकेको अवस्थामा मैनालीले थालेको अभियान निरन्तर रुपमा अगाडि बढ्दै जानुपर्ने स्थानियहरुको भनाई छ । “एक दिन एक जनाले एउटा सामाजिक कार्य गरेर केही हुनेवाला छैन ‚ जुन कार्यको सुरुवात गरियो निरन्तरता दिदै सबै युवाहरूको चेतमा विकास भएमा समाजको मुहार हसिलो हुन्छ हैन भने हात्ती आयो हात्ती आयो फुस्सा भने झै हुन्छ । ” स्थानियको तर्क ।

    अभियानमा सहभागि मैनाली भन्नु हुन्छ —पानीको मुहान एवं धारा धेरै फोहोर देखियो  युवाहरूको गाउँ बसाइँ कम हुने भएपछि धारो एरिया पनि फोहोर पुरै क्षेत्र जंगल जस्तो देखिएकोले केही गाउँका अंकलहरुको सहयात्राबाट सफा गरिएको हो । यो अभियान मैले मात्र गर्ने होइन सबै मिलेर सफा गर्नु पर्छ । जीवनमा चाहिने खानेपानी लगायतका सामाजिक कार्य जुट्नु पर्छ बस्ती सफा भएन भने धेरै रोग लाग्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार