२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

ज्ञानकुञ्जका थिद्यार्थी लाई टिका र जमरा उपहार


५०९७ पाठक संख्या
  • २०८० आश्विन २७, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपमा छुट्टै पहिचानको साथमा सञ्चालन भएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले हिनदुहरुको महान पर्वको रुपमा नजिकंदै गरेको वडादशैंको उपलक्षमा शुभकामना आदान प्रदान गर्ने कार्य सम्पन्न गरेको छ ।

    आज ( शुक्रबार ) एक भव्य कार्यक्रमको आयोजना गरेको उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले आफुहरुले हासिल गरेको ज्ञानलाई आम अभिभावक तथा अतिथिहरु माझ प्रस्तुत गरेको प्रतिभाहरु निकै रोचक , ज्ञानवर्दक साथै मनोरञ्जनात्मक रहेको थियो ।

    दुई चरणमा गरिएको उक्त कार्यक्रम विहानी तथा दिवा सत्रको रुपमा गरिएको थियो । कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले विद्यार्थी तथा अतिथि एवं अभिभावकहरुलाई शुभकामनाको साथमा विद्यार्थीहरुलाई नैतिक, व्यावहारिक भई चाडपर्वमा आफ्नो परिवारका सदस्यहरुलाई सर–सहयोग गर्ने, स्वस्थ्यकर खानेकुराहरु खाने र तनाब रहित वातावरणमा आफ्नो परिवारहरु संग बसेर सभ्य भई चाडपर्व मनाउने लगाएतको ज्ञान प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा सहायक कलेज प्रमुख नवराज चौलागाई र सहायक प्रधानाध्यापक रत्नराज खतिवडाले शिक्षक, अभिभावक, शुभचिन्तक तथा विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्नुभएको थियो । दोस्रो चरणको कार्यक्रममा आफ्नो संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्य, गायन प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापल गर्दै विद्यार्थीहरुलाई कक्षाशिक्षकहरुले टिका, जमरा, उपहार प्रदान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार