काभ्रेपलाञ्चोक । सहकारी संस्थाहरूले समुदाय र सदस्यमा आधारित सह्रानिय कार्य गर्न जरुरी रहन्छ । जुन संस्था प्रजातान्त्रिक विधिबाट सदस्य र समाजकै हितको खातिर समानुपातिक ढङ्गबाट अगाडि बढ्न आवश्यक रहन्छ ।
उक्त भनाई पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा प्रमुख सुदर्शन बोलखेले जनज्योति बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं बाषिर्क साधारण सभाको उद्घाटन गर्दे बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी शाखा प्रमुख बोलखेले भन्नुभयो “जनज्योति सहकारीको साधारण सभामा देखिएको उपस्थिति ‚ शालीनता कार्य गर्ने तौर तरिका ‚ पारदर्शिता यो सहकारीको उदाहरण हो ।” नगरमा रहेका केही सहकारीले नीति र विधिलाई मिचेर ऋण लगानी गर्दा समस्या आएको छ । तर केही सहकारीमा समस्या आउँदैमा आतिनु पर्ने अवस्था भने छैन । सहकारीमा आवद्ध शेयर सदस्यहरूका लागि बचत नै भविष्य हो त्यसैले सकेसम्म धेरै बचत गर्न प्रमुख अतिथि बोलखेले सुझाव दिनुभयो ।
सहकरीहरु बिग्रनुका प्रमुख कारण कार्यसमितिको पदाधिकारीमा रहेका व्यक्तिहरूले नीति र विधि विपरित संस्थाको रकम चलाउँदा शेयर सदस्यहरूलाई भनेको समयमा पैसा फिर्ता दिन नसकेको हो । जव समयमा पैसा फिर्ता हुन सक्दैन तव सहकारीमा समस्या आउने प्रमुख अतिथि बोलखेले धारणा राख्नुभयो । सहकारीमा बचत गर्दा कम्तिमा पनि महिनामा एक दिनको आम्दानी बचत गर्नुहोस् तब मात्रै आफूलाई अप्ठेरै पर्दा ठुलो काम लाग्छ । सहकारीमा जम्मा गरेको रकमले बुढेसकालमा सहारा मिल्छ त्यसैले समयमै होस पुर्याउन प्रमुख अतिथि बोलखेले सुझाव दिदै पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा र जनज्योति सहकारी संस्थाको बिचमा नङ र मासुको सम्बन्ध रहेको बताउनु भयो ।
संस्थाको अध्यक्ष धर्मराज राईको सहअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वरी राजकुमार मैनाली ‚ जनप्रतिनिधि शुक्र मायाँ दनुवार ‚ संस्थाको कोषाध्यक्ष साईलो दनुवार लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको उपाध्यक्ष नवराज दनुवारले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा उत्कृष्ट बचत कर्ता शंखलाल दनुवार र सोम माया दनुवार र असल ऋणी तफर् दीपक दनुवार र उर्मिला दनुवार सम्मानित हुनुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव श्याम कुमार दनुवारले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस