२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

रोशीमा कुकुर र बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन


११७२७ पाठक संख्या
  • २०८० कार्तिक १, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले ४ सय ८२ वटा घर पालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ ।

    १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । सो अभियानमा ४ सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिज बिरुद्धको खोल लगाएको हो ।

    रोशी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको हो । रेविज रोग तथा महामारी नियन्त्रण कार्यक्रम २०८० अन्र्तगत घरपालुवा जनावरलाई भ्याक्सिन लगाएको बताए ।रोशी भित्रको २ सय ५८ घरधुरीमा घरपालुवा २ सय ९६ वटा र सामाजिक एक सय ७७ गरी ४ सय ८२ घरपालुवा जनावरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएका साहले जानकारी दिए । पशु सेवा शाखाका अनुसार ३ सय २८ भाले कुकुर र १ सय २८ पाथी कुकुरलाई भ्याक्सिन लगाएको छ भने ९ वटा भाले बिरालो र १७ वटा पोथी बिरालोलाई भ्याक्सिन लगाएको छ ।

    वडा नं. १ मा ५२ वटा, वडा नं. २ मा १८ वटा, वडा नं. ३ मा ३४ वटा, वडा नं. ४ मा २५ वटा, वडा नं. ४० वटा, वडा नं. ५ मा ३६ वटा, वडा नं. ७ मा १३ वटा, वडा नं. ८ मा ५२ वटा, वडा नं. ९ मा ५४ वटा, वडा नं. १० मा ५६ वटा, वडा नं. ११ मा ५२ वटा र वडा नं. ५० वटा कुकुर र बिरालोलाई भ्याक्सिन लगाएको शाखाले जनाएका छन् ।
    रोशी गाउँपालिका पशु स्वास्थ्य शाखामा ६ सय डोज भ्याक्सिन रहेकोमा अभियानबाट एक सय १२ डोज बाकी रहेको बताए । कही कही छुटेको ठाउँमा फेरी लगाउने शाखा प्रमुख साहले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार