काभ्रेपलाञ्चोक । चाडपर्वको सुरुवातीबाट चिनीको कृतिम अभाव सृजना गराएर अकुत कमाउन खोज्ने काला व्यापारीहरूलाई ठेगान लगाउने तरखरमा सरकार रहेको छ ।
काला बजारीयाहरुको सूक्ष्म ढंगबाट अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपाको पहलमा हिजो (विहिबार) काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.७ बाट पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ ।
प्रहरीले मालवाहक सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तफर् आँउदै गरेको जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं.२ बस्ने बर्स ३७ को राजु तिमल्सिनाले चलाई ल्याएको ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रक भित्र राजश्व छली गरी धानको बोराले छोपी लुकाई छिपाई अवैध रुपमा ल्याएको ९२ बोरा चिनी फेला पारेको थियो ।
चलन चल्तीको मुल्यअनुसार ५ लाख ९८ हजार र धान २८ बोरा धानको ४२ हजार मूल्यको फेला पारेको थियो । उक्त चिनी खरिद गरेको निज चालक राजु तिमल्सिनासँग कुनैपनि कागजात नरहेको हुँदा अवैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना.६ ख. ६२१९ नं. को ट्रक‚ उक्त चिनी र धान कानुनको रीत पुर्याई बरामद गरी‚ चिनी अवैध रुपमा राजश्व छली गरी लिई आउने राजु तिमल्सिनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस