काभ्रेपलाञ्चोक । नेपालीहरुको महान पर्वको रुपमा नेपाली संस्कृति मध्यको पिङ लाई पनि प्रमुख मानिन्छ । सोही अनुसार पिङ हाल्न रुखमा चड्दा रुखबाट लडेर गणेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (आईतबार ) बिहान ९ बजेको समयम काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं ६ कोलाती बस्ने बर्ष ५० को गणेश परियारको मृत्यु भएको हो ।
बरको रुखमा पिङ हाल्ने क्रममा रुखबाट खसी घाईते भई उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस