काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल‚ मण्डनदेउपुर र बनेपा नगरपालिकामा प्रमुख नगदे बालिको रुपमा लगाइने आलु खेतीमा रासायनिक मलको अभावलाई मध्यनजर गर्दै बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको पहलमा ५ हजार ६ सय बोरा रासायनिक मलको व्यवस्था गर्नुभएको छ ।
सरकारले रासायनिक मलमा कोटा निर्धारण गरिएको छ । निर्धारित कोटामा थप हुने गरी मौजात रहेको मल बाट उपलब्ध गराउने गरी आज बुधबार निर्णय भएको हो । कृषि सामाग्री कम्पनी माफर्त उक्त मल उपलब्ध हुने जानकारी प्राप्त भएको छ ।
मौजात रहेको मलबाट हाललाई पाँचखाल नगरपालिकामा १ हजार बोरा युरिया र २ हजार बोरा डिएपी ‚ मण्डनदेउपुर नगरपालिकाको लागि युरिया ७ सय बोरा र डिएपी १ हजार बोरा र पनौती नगरपालिकाको लागि युरिया ३ सय बोरा र डिएपी ६ सय बोरा मलको व्यवस्था भएको छ । जिल्लामा रहेको अन्य पालिकाहरूमा पनि आवश्यकताको आधारमा क्रमश उपलब्ध गराउन पहल गरिने जानकारी प्राप्त भएको छ ।
जिल्लामा कोटाबाट आउने मलमा ५ हजार ६ सय बोरा रासायनिक मल थप हुँदा धेरै राहत नहुनेभएको छ । जसबाट करिव ४ हजार रोपनीमा आलु खेती गर्नको लागि पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस