२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुग्यो


५७२१ पाठक संख्या
  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित १ साल अघि
  • १८ कात्तिक, काठमाडौं । हिजो शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  जानकारी गराएका छन् । सो भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने हाल सम्म १२८ ले ज्यान गुमाई सकेका छन् ।

    भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको थियो ।  ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको थियो, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

    भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको छ । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार