२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सहकारीले शेयर सदस्यहरूलाई मालिक बनाउनु पर्छ —पौडेल


९६९९ पाठक संख्या
  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेफ्सकुनका सदस्य सहकारी संस्थाहरूलाई दिगो विकास तथा सिकाइ व्यवस्थापनका लागि २३ औं कार्यकुशलता गोष्ठीको आयोजना पाँचखालमा गरिएको छ ।

    सहकारी संस्थाहरूमा पछिल्लो समयमा देखिएको समस्या साथै आवश्यक भन्दा बडी दुष्प्रचारको विषयलाई मध्यनजर राख्दै आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि एवं नेफस्कून का अध्यक्ष परितोष पौडेलले पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको केही समस्यालाई मध्यनजर राख्दै सहकारी अभियानको क्रममा तीन विषयको उठान गरेको बताउनु भयो । जस अन्तरगत पहिलो सदस्यहरूको शुद्धिकरण प्रकृया जुन कार्यमा प्रेवेशनका संस्थाहरूले सो शुद्धिकरणको प्रकृयाको बारेमा महत्व दिनुपर्ने धारणा राख्नुभयो । अहिलेको सबैभन्दा ठुलो समस्या भनेको शहरका सदस्यहरू र संस्थागत सदस्यहरुविच व्यवस्थित हुन सकेको छैन । त्यसैले गर्दा संस्थागत सदस्यहरुलाई व्यवस्थापन गर्नाको निम्ति सद्भावना हुनुपर्छ । समाजमा सहकारीलाई हेर्ने दृष्टिकोणमा केही प्रश्न चिन्ह खडा भएको छ ‚ दृष्टिकोण विचलन ‚जीवन शैलीको विचलन जस्ता कुरा केही संस्थामा देखियो सोही विषय आम रुपमा सहकारीमा निसानाको रुपमा प्रहार भएको बताउनु भयो ।

    सहकारीमा देखिएका यस्ता विषयलाई समाधानको लागि सदस्य र संस्था बिचको सम्बन्ध सुधार साथै संस्था र समाज बिचको सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने विषयमा अगाडि बढ्न जरुरी रहन्छ । सहकारीले सदस्यहरूलाई मालिक बनाउने ‚ नियन्त्रण प्रकृयामा सदस्यको हिस्सेदारी लगायतको विषयमा चनाखो हुन जरुरी छ । सहकारी शुद्धिकरण अभियानमा समावेश नहुने सहकारी संस्थालाई बिदा गर्नुपर्ने प्रमुख अतिथि पौडेलले बताउनु भयो ।

    कार्यक्रममा विशेष अतिथि पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवारले सहकारीको क्षेत्रमा केही सहकारी संस्थाहरूले संस्थागत हितको लागि नभई व्यक्तिगत फाइदाको लागि कार्य गर्दा समस्या आएको बताउनु भयो । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहयोगमा सम्पन्न दिगो विकास र व्यावसायिकरणका लागि सञ्चालित पूर्ण तथा व्यवसायिक सोकोस विकास कार्यक्रम (प्रोबेसन) बाग्मती क्लस्टर दोस्रोको २३ औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला बाट भएका सकारात्मक विषयलाई नगरपालिका माफर्त व्यवहारमा उतार्ने बताउनु भयो ।

    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको शभापतित्वमा सञ्चालन भएको कार्यशालामा संस्थाका संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली‚ निवर्तमान अध्यक्ष सरोज सापकोटा‚ प्रोस्कुनका महासचिव जिवस खड्का‚ सहकारी महासङ्घका सञ्चालक टेक प्रसाद चौलागाइँ‚ प्रोस्कुनका सञ्चालक ठाकुर प्रसाद बाँस्कोटा‚ काठमाण्डौ जिल्ला सहकारी संघका सञ्चालक खेमराज सुवेदी‚ नेफस्कूनका कार्यक्रम अधिकृत पेशल कुमार खड्का लगायतका अतिथिहरूको आतिथ्यता रहेको थियो ।

    संस्थाका सचिव राम प्रसाद कोइरालाद्वारा कार्यक्रम सञ्चालन तथा संस्थाका उपाध्यक्ष राजन कार्कीद्वारा सहभागी अतिथि तथा संस्थाका जनप्रतिनिधिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यशालामा आयोजक संस्था सहित क्लस्टरमा आवद्ध ११ संस्थाहरूले त्रैमासिक प्रगति विवरण सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । २३ औ कार्यशाला भाषासेवी मास्टर जगत सुन्दर साकोस भक्तपुरले गर्ने गरी क्लस्टरको झण्डा तथा माइन्युट हस्तान्तरण गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार