२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

काभ्रेपलाञ्चोकमा रहेका सहकारीले २४ करोड ९१ लाख राजश्व तिर्छन—शर्मा


१४४३१ पाठक संख्या
  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ का अध्यक्ष दिलिप शर्माले भन्नुभयो सहकारीहरु लाई चौतर्फीरूपमा घेरा हालेर थिलथिलो पारी कुटिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको प्रगति हेर्दा खुसी लागेको छ ।

    सहकारी संस्थाको आज सम्पन्न २८ औं बाषिर्क साधारण सभा उद्घाटन गर्दै सहकारी संघका अध्यक्ष शर्माले संस्था निकै राम्रो छ यस संस्थाले कमजोरी गरेको प्रमाणित भएमा त्यसको जिम्मेवारी आफूले लिने धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि शर्माले थप्नुभयो — जिल्लामा ७८ वटा महिला सहकारी संस्थाहरू रहेका छन् ‚ त्यस मध्य अव्बल बन्नको लागि संस्थाले प्रयास गरेमा आफूले पूर्ण रुपमा साथ सहयोग गर्ने बताउनु भयो । सहकारीले आर्थिक कारोबार मात्रै नभई सामाजिक कार्यमा समेत अग्रसरता हुनुपर्छ । वैदेशिक रोजगारमा जानेहरूलाई रोक्नको लागि नेपालमा रोजगारको सृजना गनर्े अभियानमा लाग्नु पर्छ ।

    नेपाली युवाहरूलाई रोजगारको सृजना गर्न अगाडि बढ्दै गर्दा आर्थिकको अभाव भएमा जिल्ला सहकारी संघको तफर्बाट आर्थिक व्यवस्था गर्ने छौं । सहकारीले गर्ने कुनैपनि नमुना ढङ्गको कार्यमा जिल्ला सहकारी संघको तफर्बाट साथै आफ्नो व्यक्तिगत तफर्बाट समेत सघाउने प्रमुख अतिथि शर्माले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै २४ करोड ९१ लाख राजश्व सहकारीले तिर्छन् । देशभरबाट अर्बो राजश्व तिर्छन् तर सरकारले सहकारीको हित तथा विकासको लागि कुनै योजना नबनाएकोमा दुखेसो पोख्नुभयो ।

    संस्थाको अध्यक्ष सरस्वती चिमौरियाको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवार ‚ पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल ‚ पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा प्रमुख सुदर्शन बोलखे ‚ पाँचखाल सहकारी सञ्जाल संयोजक विद्यालक्ष्मी देउजा ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष मुकुन्द अधिकारी ‚ संस्थाका सल्लाहकार निर्मला कार्की लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संस्थाका सहसचिव कुसुम दुलालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष इन्दिरा गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाको सचिव गीता नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका व्यवस्थापक मनोज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ६० वर्ष पुरा भएका ज्येष्ठ सदस्यहरू सम्मान ‚ उत्कृष्ट बाल बचत कर्ता ‚ उत्कृष्ट बचतकर्ता‚ अधिकतम शेयर खरिद कर्ता ‚ उत्कृष्ट विद्यार्थीहरू समेतलाई सम्मान गरिएको थियो ।

    पुन चिमौरियालाई जिम्मेवारी   

    संस्थाको २८ औं साधारण सभाको अवसरमा पुन सरस्वती चिमौरियाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सहमतिको आधारमा निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा इन्दिरा गौतम ‚ सचिव गीता नेपाल ‚ कोषाध्यक्ष तिलका देवी अधिकारी ‚ सह—सचिब कुसुम दुलाल चयन हुनुभएको छ ।

    सदस्यहरूमा गणेश माया श्रेष्ठ ‚ लक्ष्मी अधिकारी ‚ कान्छी दनुवार ‚ द्रोण कुमारी दंगाल ‚ सन्जु बानियाँ ‚ ठुली कान्छी अछामी ‚ रोहित कुमारी हुमागाईँ ‚ सूर्य लक्ष्मी श्रेष्ठ ‚ हरि माया दनुवार र कान्छी कायस्थ चयन हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजक इन्दिरा सापकोटा र सदस्यहरूमा सुनिता दनुवार र रिता दुलाल चयन हुनुभएको छ । त्यसैगरी सहकारी शिक्षा उप समिति संयोजकमा शिव कुमारी श्रेष्ठ ‚ खरिद बिक्री उपसमिति संयोजकमा गीता घिमिरे ‚ स्वास्थ्य उपसमिति संयोजकमा रानुकी दनुवार चयन हुनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार