काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ७ मा सकुत्ला श्रेष्ठले संचालन गरेको जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसलमा चोरी भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार जिल्ला दोलखा साबिक भिमेस्वर नगरपालिका. वडा नं.७ बस्ने वर्ष ६३ की दुर्गा बि.क. र निजकै बुहारी वर्ष ३५ की बिनिता बि.क.ले पसलमा रहेको कपडाहरू हेरी झुक्यानमा पारी पसलमा रहेको कुर्ता सुरूवाल, टप्स लगायतका कपडाहरू चोरी गरेको हो ।
चोरीसामान सहित आवस्यक कानुनी कारवाही अगाडि बढाएको छ । अभियुक्त हरुले कुर्ता सुरुवाल १६ सेट र सिंगल टप्स– ६ थान चोरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस