२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

आज गोवर्धन पर्वतको पूजा किन गरिन्छ ?


८००९ पाठक संख्या
  • २०८० कार्तिक २८, मंगलबार मा प्रकाशित १ साल अघि
  • आज तिहारको चौथो दिन गोवर्धन पूजा हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । यसै गरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

    गोवर्धन पूजा हिन्दुहरूको  एक प्रमुख पर्व पनि हो । आजको दिनमा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

    हिन्दु पौराणिक कथा अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई देवताका राजा इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराएपछि उक्त मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन चलिआएको मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार