२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

क्रान्तिकारी पार्टीको सिंगो कमिटि विप्लवको पार्टीमा प्रवेश


१५९९१ पाठक संख्या
  • २०८० मंसिर ३, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सिँगो कमिटी नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश भएका छन् ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङसहित ८० जना भन्दा बढी नेता कार्यकर्ता विप्लब नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

    नेकपाद्वारा काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूको ध्रुवीकरण तथा एकीकरण कार्यक्रममा उनीहरु प्रवेश भएका थिए । नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लवले उनीहरुलाई माला र अविरले सम्मान र स्वागत गरेका थिए ।

    प्रवेश हुनेहरुमा काभ्रे जिल्लामा विगत लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा समर्पित तथा काभ्रे जिल्लाका पूर्व उपसभापति, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङ र केन्द्रीय सदस्य जीत बहादुर तामाङ, होम माझी, रेशम माझी, नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा पूर्व तेश्रो डिभिजन भिसी कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद नेपालसहित सयौं जना नेकपामा प्रवेश गरेको पे्रस विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु