काभ्रेपलाञ्चोक । संङखुवासभा खादबारीबाट काठमाण्डौ तर्फ आउदै गरेको यात्रु वाहक बसमा अवैध रुपमा लुकाई छिपाई ल्याएको चिनिलाई काभ्रेपलाञ्चोक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनि कारवाहि प्रकृया अगाडि बढाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशि गाउँपालिका वडा नं ९ मंगलटारमा रहेको प्रहरी चेक पोष्टमा प्र.नि.पञ्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०३–००१ख १९६६ नं. को बसको हुट र डिकिमा अबैध रुपमा लुकाई छिपाई ल्याएको ३३ बोरा ( १६५०किलो) बराबरको चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस