काठमाडौं । ५ लाख रुपैयाँ घुससहित एक वडाअध्यक्ष पक्राउ परेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।
घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस