काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १ घुमाउने चौरमा गाई काटेर मासु भागलगाउने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाई काटि रहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पाँचखाल बाट खटिएको प्रहरी टोलिले ८५ के.जि. गाईको मासु सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं १ बस्ने कृष्ण वहादुर तामाङको छोरा बर्ष ३४ को मिन बहादुर तामाङ , काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं १ बस्ने मिन वहादुर तामाङ को छोरा बर्ष ३० को सन्त बहादुर तामाङ र सिन्धुलि जिल्ला घ्याङलेक गाउंपालिका वडा नं २ बस्ने बर्ष २७ को अर्जुन लामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस