काभ्रेपलाञ्चोक । मादक पदार्थ सेवन गरी सडक अवरुद्ध गर्ने एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।
हिजो विहिवार राती १०/३० बजेको समयमा धुलिखेल नगरपालिका वडा नं ८ अरनिको राजमार्ग तिरतिरे धारामा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ५ का बर्ष १९ को अभिषेक तोलाङ्गेले सडक अबरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।
प्रहरीका अनुसार सदभाव सामुदायिक हस्पिटल बनेपा नगरपालिका वडा नं ४ को बा १५ च २७७४ नं. को एम्बुलेन्स मादक पदार्थ सेवन गरी चलाई बाटो अबरुद्ध गर्न खोज्दा सम्झाइबुझाई गर्ने प्रहरीलाई समेत अभद्र व्यवहार गर्दा निजलाई जिल्ला प्रहरी कार्यालय काभ्रेद्वारा पक्राउ गरी ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस